पछिल्लो कोरोना अपडेट : थप एकको निधन, १०७ जनामा संक्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार गत २४ घण्टामा थप १ जनाको निधन भएको हो । योसँगै नेपालमा निधन हुनेको संख्या ३,०१५ पुगेको छ ।

यस्तै देशभरका विभिन्न प्रयोगशालामा ३ हजार २ सय ५४ जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६ सय २५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७१ हजार ५ सय १० पुगेको छ ।

प्रतिक्रिया