एमाले संसदीय दलको बैठक बस्दै, नेपाल–खनाल पक्ष नजाने
२०७७ चैत ५ गते

|एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल। तस्वीरः मकालु खबर|
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गरेको छन् । ओलीले बिहीबार बिहान ११ बजेका लागि बैठक आह्वान गरेका हुन् । तर, माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष भने बैठक नजाने भएको छ ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार ओलीले नियमित बैठक आह्वान गरेका हुन् । ‘खासगरी समसायिक विषयमा कुराकानी गर्नको लागि छलफल आह्वान गर्नुभएको हो,’ नेता भट्टराईले भने, ‘सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा आमन्त्रण गरिएको हो ।’
यता नेपाल–खनाल पक्षीय नेता योगेशकुमार भट्टराईका अनसार यो समूह बैठकमा नजाने भएको हो । ‘हाम्रो राष्ट्रिय बैठक चलिरहेको छ,’ नेता भट्टराईले भने, ‘हामी जाँदैनौँ ।’
२०७७ चैत ५ गते
प्रतिक्रिया
सम्बन्धित








