बुधबार थपिए ९४ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९४ कोरोना संक्रमित थपिएका छन् । यस्तै आज (बुधबार) ५५ जना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो अपडेटसँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ५१८ पुगेको छ । संक्रमितमध्ये २ लाख ७१ हजार ५५० जना निको भइसकेका छन् भने हालसम्म ३ हजार ७४ जनाको मृत्यु भएकाे छ ।

आज क्वारेन्टिनमा ४९ जना छन् भने सक्रिय संक्रमित संख्या ९५४ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया