‘नवीन्द्रराज उपचाररत हुनुहुन्छ, अफवाह नफैलाऊ’

काठमाडौँ । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर छ । मस्तिष्काघातपछि नर्भिक अस्पतालमा भर्ना गरिएका नेता जोशीको हाल भेन्टिलेटरमा उपचार भइरहेको छ ।

गम्भीर अवस्थामा उपचाररत नेता जोशीको निधनको खबर पनि सामाजिक सञ्जालमा देखिन्छ तर त्यो अफवाह मात्रै भएको उनका सहयोगी पुष्कर पाण्डेले जानकारी दिए । ‘जिम्मेवार साथीहरुले नै अफवाह फैलाए,’ पाण्डेले मकालु खबरसँग भने, ‘उहाँको अवस्था चाँहि गम्भीर नै हो । तर सघन उपचार कक्षमा उपचाररत हुनुहुन्छ ।’

यसअघि कांग्रेस नेता प्रदीप पौडेल, नेवि संघका अध्यक्ष राजिव ढुङगाना, नेता रामकृष्ण चित्रकार लगायतले फेसबुकमा जोशीको निधन भएको भन्दै श्रद्धाञ्जली दिएका थिए । जोशीको उपचार जारी छः नर्भिक अस्पताल
यसैबीच अस्पतालले पनि जोशीको अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाएको छ ।

जोशीलाई मष्तिष्कघात भएपछि फागुन १४ गते नर्भिकमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उनको अवस्था सुधार आएको थियो तर फेरि गम्भीर भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया