प्रचण्डको निर्देशनमा नेपाल समूहको राष्ट्रिय भेला : सूर्य थापा

काठमाडौं । प्रधानमन्त्री एमव् एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधवकुमार नेपाल खेमाले गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा हुन लागेको आरोप लगाएका छन् ।

यस्तै थापाले भेलालाई कथित गुट भेला भनेका छन् । ‘नेकपा (एमाले) को नाममा सानेपास्थित महँगो हेरिटेज गार्डेनमा आयोजना गर्ने भनिएको कथित गुटगत भेला खासमा प्रचण्डको निर्देशन र होमवर्क बमोजिमको मेला, राम र रमिता हो,’ थापाले फेसबूकमा लेखेका छन् ।

ओलीले गत फागुन २८ गते गरेको निर्णय नमान्ने अडान लिएको नेपाल–झलनाथ खनाल समूहले बुधबार र बिहीबार सानेपास्थित हेरिटेज गार्डेनमा राष्ट्रिय भेला बोलाएको छ । ‘पार्टी पद्धति, मूल्य, मान्यता र विधानको बर्खिलाप कार्य हो,’ थापाले थप लेखेका छन्, ‘फागुन २३ गते यता अर्याल होटलमा जारी गुटगत भेला, बैठक र समानान्तर गतिविधि ढाकछोपको निम्छरो र निरुपाय कोसिस हो । र, चैत २ गते धुम्बाराहीमा भएको छलफलमा अध्यक्षले भेला रोक्न दिनुभएको निर्देशनको ठाडो अवज्ञा हो ।’

https://www.facebook.com/surya.thapa.754918/posts/3830396910386118

 

प्रतिक्रिया