प्याराग्लाइडिङबाट फेवातालमा खस्दा सैनिकको मृत्यु

कास्की । पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।

सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको उपचारका क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा-११ रानीपौवास्थित सैनिक अस्पताल पु-याएको थियो । उपचारका क्रममा साँझ उनको मृत्यु भएको हो । मगर सेनाको कालीजङ्ग गणमा कार्यरत थिए । मगरको शव सैनिक अस्पतालमा राखिएको छ । परिवारका सदस्य आएपछि शव बुझाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया