आमिरले सामाजिक सञ्जाल प्रयोग नगर्ने

एजेन्सी । बलिउड अभिनेता आमिर खानले सामाजिक सञ्जाल नचलाउने निर्णय गरेका छन् । हिजोमात्रै जन्मदिन मनाएका उनले आफ्नो अफिसियल पेज नचलाउने भन्दै अन्तिम आधिकारिक पोस्ट सार्वजनिक गरेका हुन् ।

उनले उक्त पोस्टमार्फत् जन्मदिनको शुभकामना दिने सम्पूर्णमा आभार व्यक्त गरेका छन् ।

उनले आफ्नो व्यक्तिगत अकाउन्ट नचलाए पनि उनको समूहद्वारा सञ्चालित अकाउन्टबाट निरन्तर सम्पर्कमा रहिरहनेसमेत उल्लेख गरेका छन् । आमिरले हिजोमात्रै ५५औँ जन्मदिन मनाएका थिए ।

प्रतिक्रिया