छलफल शुरुमा गुलियो पछि टर्रो भयो : माधव नेपाल [भिडिओसहित]

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार भएको छलफलबाट कुनै निकास ननिस्किएको बताएका छन् ।

बैठकको शुरुमा मिठा कुरा भएपनि अन्त्यमा टर्रो भएको उनले बताए । ‘शुरुमा कुराकानी गुलियो भयो, राम्रो भयो, गुड्डि गुड्डि कुरा भए तर पछि छुट्ने बेलामा टर्रो कुरा भयो’ नेता नेपालले भने, ‘यथास्थानमा रहने अवस्था बन्यो ।’

आफूहरुले अदालतले पूर्व एमाले ब्युँताइदिएपछि त्यसबेलाका सदस्य, पदाधिकारी र संरचनालाई मानेर अघि बढौं भन्ने कुरा राखेको तर अध्यक्ष ओली पक्षले नमानेका कारण छलफलबाट कुनै निकास ननिस्किएको बताए ।

‘हाम्रो भनाइ के रह्यो भने सर्वोच्चको फैसलापछि पूर्व एमालेको जुन पुरानो अवस्था हो त्यो अवस्थामा पार्टीको पदाधिकारी, संरचना र सदस्यहरु यथावत स्वीकार गर्ने अवस्थामा जाउँ, पार्टीलाई एकताबद्ध बनाउँ आन्दोलनलाई पनि र अरु पार्टीलाई पनि समेटेर अघि बढौं तर २८ गतेको गुटको भेलालाई उहाँहरुले केन्द्रिय कमिटीको नाम दिनुभएको छ, यसैमा कुरा मिलेन’ नेपालले भने ।

प्रतिक्रिया