नाडाद्वारा ताप्लेजुङ दोभानका आगलागी पीडितलाई सहयोग प्रदान

काठमाडौं । नाडा अटोमोबाइल्स एसोशिएसन अफ नेपाल (नाडा) ले ताप्लेजुङको दोभानका आगलागी पीडितका लागि आर्थिक सहयोग गरेको छ ।

आइतबार नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय नाडा प्रतिनिधि मण्डलको टोलीले भौतिक, पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग भेटी २ लाख १ हजार आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।

नाडाको सामाजिक उत्तरदायित्व अन्तर्गत ताप्लेजुङको दोभानमा भएको आगलागी पीडितहरुको लागी जिल्ला विपद् व्यवस्थापन समिती ताप्लेजुङ्गलाई सहयोग स्वरुप उक्त रकम उपलब्ध गराएको नाडाले जनाएको छ ।

भेटघाटका क्रममा नाडाका अध्यक्ष दुलालले ताप्लेजुङ्गको दोभानमा भएको आगलागी पिडितहरुको राहतको लागी नाडाको पदाधिकारीलगायत कार्यसमिति सदस्यहरुसँग रकम संकलन गरी २ लाख १हजार जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङ्गको नाममा चेक माननिय मन्त्रीज्यूलाई हस्तान्तरण गरेका थिए ।

उक्त छलफलको क्रममा मन्त्री नेम्वाङले देशमा परेको आपत विपदको समयमा पनि नाडाले देखाएको चासो र सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन् ।

कार्यक्रममा नाडाका अध्यक्ष दुलाललगायत उपाध्यक्षद्वय करण कुमार चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप कुमार बराल र कोषाध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसमेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया