नेफ्टामा उत्कृस्ट अभिनेता अभिनेत्री विपिन र मेनुका

काठमाडौँ । नेफ्टा अवार्डको दसौ संस्करणमा विपिक कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका छन् । उनले चलचित्र ‘प्रसाद’ मार्फत अवार्ड प्राप्त गरेका हुन् । त्यस्तै अभिनेत्री तर्फ चलचित्र ‘साइली’ बाट मेनुका प्रधानले अवार्ड प्राप्त गरेकी छन् ।

नेफ्टा अवार्डको १० औँ संस्करण काठमाडौँमा भएको थियो । अवार्ड ड्रिम हाई नेपाल र चलचित्र प्राविधिक संघले आयोजना गरेको हो । अवार्डमा नयाँ तथा पुराना कलाकारहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया