मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

अस्थायी ‘पगरी’

काठमाडौँ । महानायक विवादले नेपाली चलचित्र जगत लामै समय ततायो । दीपाश्री निरौलाले माफी नै माग्नुपर्‍यो । राजेश हमालले समेत आफ्ना दर्शकलाई सम्झाउने स्थिति आयो ।  सदाबहार, सुपर स्टार भनेर भुवन केसीलाई चिनिन्छ । तर यसको विरोध गर्नेको पनि ठूलै जमात छ । अनमोलको चलचित्रमा लेखिएको ‘मेघा स्टार’ समेत विवादमा तानियो ।

प्रदर्शनको तयारीमा रहेको चलचित्र लप्पन छप्पन २ मा समेत यस्तै पगरी गुथिदिएका छन् निर्माण टिमले सौगात मल्लमाथि ।

चलचित्रको ट्रेलरमा ‘सुपर स्टार’ सौगात लेखिएको छ । यस विषयमा प्रश्न गर्दा मल्ल भन्छन्, ‘यो चलचित्रमा उहाँहरू (निर्माता निर्देशक) ले केही सोचेर राखिदिनु भयो होला । अर्कोमा आउँदैन होला ।’ उनी आफैँलाई भने यस्तो कुराले फरक नपर्नाले काममा ध्यान दिने बताए ।

सौगात पछिल्लो समय धेरै चलचित्रसँग जोडिए पनि उनका चलचित्र खासै सफल भने देखिएका छैनन् ।

मेकर्सलाई मन पर्नासाथ नाम अघि केही थपेर राखिदिने एउटा कुरा भयो, दर्शक स्वयंले दिने सम्मान अर्को । सौगातको कुरा सुन्दा यस्ता पदवी स्थायी नहुने देखियो । मेकर्ससँगको टिमअप हुँदासम्म आउने नभए नआउनेजस्तो ।

पगरी एकातिर दर्शकको माया नै मुख्य होला की ?

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com
Makalukhabar.com