मनीषा कोइरालाको आवाजमा महामृत्युञ्जय मन्त्र

काठमाडौँ- मनीषा कोइरालाको स्वर रहेको भजन शिवरात्रिको अवसरमा बिहीबार सार्वजनिक भएको छ । महामृत्युञ्जय मन्त्र समावेश उक्त भजन मनीषाको आवाजमा रेकर्ड भएको पहिलो गायकी हो । यो गीत र भिडियोलाई ‘सुरसुधा’ ले तयार पारेको हो । भिडियोमा मनीषा फिचर्ड छिन् । गायनमा मनीषासहित सुरसुधा कै गायिका सरस्वती खत्री र सुरेन्द्र श्रेष्ठको पन स्वर समावेश छ । गीतमा सितार, बाँसुरी, तबला र गितारको मिश्रण छ । एरेन्जर दीप तुलाधरको सहयोग लिएर चेलो र भायोलिनको आवाजलाई पनि यसमा समेटिएको छ ।

प्रतिक्रिया