अकोराबको अध्यक्षमा अर्जुन गिरी

काठमाडौं । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)को अध्यक्षमा अर्जुन गिरी विजयी भएका छन् । बिहीबार काठमाडौंमा भएको सातौं अधिवेशनबाट कूल खसेको १७८ मतमध्ये गिरीले १६१ मत ल्याएर अध्यक्षमा दाङका गिरि विजयी भएका हुन् ।

अध्यक्षका प्रत्यासी उम्मेदवार कपिलदेव खनालले १४ मत ल्याएका थिए । तीन मत बदर भएको थियो । यस्तै अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा विष्णुदत्त अवस्थी चयन भएका छन् ।

यसैगरी उपाध्यक्षहरूमा निमेष कर्ण, मिलन गाहा, बन्दना दनुवार, भुवन सिंह चयन भएका छन् भने महासचिवमा किशोरजङ्ग थापा चयन भएका छन् ।

कोषाध्यक्षमा धादिङका सरोज पौडेल र सचिवमा सुदर्शन खतिवडा चयन भएका छन् ।

प्रतिक्रिया