२० वर्ष पछि ‘रहना हे तेरे दिल मे’  सिक्वेल बन्ने

एजेन्सी । सन् २०२१मा प्रदर्शनमा आएको चलचित्र ‘रहना हे तेरे दिल मे’ को सिक्वेल बन्ने भएको छ । आर माधवन, दिया मिर्जा र सैफ अलि खान अभिनीत चलचित्रलाई दर्शकले रुचाएका थिए । सिक्वेल चलचित्र वासु भगनानीका छोरा ज्याकी भगनानीले बनाउन लागेका हुन् ।

सोही चलचित्रको कथामा २० वर्षा पछिको स्थिति राखेर सिक्वेल बनाउने सपना ज्याकको पुरा हुन सकेन । पुरानै कलाकार लिएर चलचित्र नबन्ने भएपछि उनी नयाँ कलाकार राख्ने निर्णयमा पुगेका हुन् । कहानी समेत पहिले योजना बने भन्दा फरक हुने भारतीय सञ्चार माध्यममा उल्लेख छ । उनी करिब एक वर्षा यता यही चलचित्रमा काम गरिरहेका छन् ।

चलचित्रको कलाकार छान्ने क्रम सुरु भएको छ । कृति सेनन यस चलचित्र को मुख्य भूमिकामा देखिँदै छिन् । एक युवती र दुई युवकको कथा मा चलचित्र बन्ने छ । चलचित्रका लागि पुरुष कलाकार फाइनल गर्न बाकी छ । चलचित्रमा पुराना कलाकारलाई लिन नसके पनि उनले प्रमोसनमा यी तीनको प्रयोग गर्ने पक्का छ ।

दिया मिर्जा र आर माधवन यो चलचित्रमा काम गर्दा आफ्नो करियरको सुरुवाती दिनमा थिए । यस पछि भने यी दुई लाई एक साथ दर्शकले देख्न पाएनन् ।

प्रतिक्रिया