मिथुन चक्रवर्ती भाजपा प्रवेश

एजेन्सी । भारतीय अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार कलकत्तामा आयोजित एक र्‍यालीमा उनले भाजपा प्रवेश गर्ने घोषणा गरेका हुन् । पूर्वनिर्वाचित राज्यसभाका सदस्य समेत रहेका मिथुनलाई राष्ट्रिय पार्टीमा भाजपाका महासचिव कैलाश विजय वर्गीय र प्रदेश अध्यक्ष दिलीप घोषले स्वागत गरेका छन् ।

पार्टीमा आबद्ध भएपछि मिथुनले र्‍यालीमा भेला भएका मानिसहरूलाई सम्बोधन गरे । सम्बोधनका क्रममा उनले भाजपाले आफ्नो इच्छा पूरा गर्न प्लेटफर्म दिएको बताए । मिथुनले आफू बङ्गाली भएकोमा गर्व गर्दै अबका दिन समाजको गरिब वर्गका मानिसका लागि काम गर्ने चाहना व्यक्त गरे ।

प्रतिक्रिया