यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल फाल्गुन २६ गते । बुधबार । ईश्वी सन् २०२१ मार्च १० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–द्वादशी,२२ घडी ३३ पला, दिउसो ०३ बजेर २३ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–श्रवण,३८ घडी २९ पला,बेलुकी ०९ बजेर ४५ मिनेट उप्रान्त धनिष्ठा । योग– परिध,१३ घडी १३ पला,बिहान ११ बजेर ३८ मिनेट उप्रान्त शिब । करण– तैतिल,दिउसो ०३ बजेर २३ मिनेट उप्रान्त गर,रातको ०३ बजेर ०४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०८ मिनेट । दिनमान २९ घडी २८ पला ।

आजको बार बेला ।
बिहान ०६ बजेर २१ मिनेटसम्म लाभ बेला ।
बिहान ६ बजेर २२ मिनेटदेखी बिहान ७ बजेर ५० मिनेटसम्म अमृत बेला ।
बिहान ७ बजेर ५१ मिनेटदेखी बिहान ९ बजेर १८ मिनेटसम्म काल बेला ।
बिहान ०९ बजेर १९ मिनेटदेखी बिहान १० बजेर ४७ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर ४८ मिनेटदेखी मध्यान्ह १२ बजेर १५ मिनेटसम्म रोग बेला ।
मध्यान्ह १२ बजेर १६ मिनेटदेखी दिउसो १ बजेर ४३ मिनेटसम्म उद्वेग बेला ।
दिउसो १ बजेर ४४ मिनेटदेखी दिउसो ३ बजेर १२ मिनेटसम्म चर बेला ।
दिउसो ३ बजेर १३ मिनेटदेखी बेलुकी ४ बजेर ४० मिनेटसम्म लाभ बेला ।
बेलुकी ४ बजेर ४१ मिनेटदेखी बेलुकी ७ बजेर ४० मिनेटसम्म उद्वेग बेला ।

नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो १२ बजेर १५ मिनेटदेखी दिउसो ०१ बजेर ४३ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउने तथा नोकरिमा पदोन्नती हुने समय रहेको छ । साथिभाईसँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा अन्य दिन भन्दा सुधार भएर जानेछ । राजनीति कर्मिहरुका लागी आजको दिन उत्तम रहेको छ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुँनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्तको सहयोग नपाईनाले नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । स्वास्थ्य सम्बन्धी समस्या आई कमजोर भएको अनुभूति हुनेछ । पढाइ लेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा मन्दी आउनेछ । छोटो दुरिको धार्मिक यात्रा हुने भएपनि बाटोमा दुःख हुन सक्छ ध्यान दिनुहोला । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाब बढ्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) घरपरिवारमा मानसिक तनाव, व्यापारमा घाटा, अध्ययनमा अनावश्यक बाधा अवरोध र काममा अपजस व्यहोर्नु पर्ने समय रहेकोछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला,यात्रा घातक बन्न सक्छ । सामाजिक र परोपकारका क्षेत्रमा काम गर्न खोज्दा अवरोध हुनेछ । स्वास्थ्यप्रती समेत सचेत रहनु होला । अनावश्यक यात्रा नगर्नु नै आजको लागी राम्रो रहनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइमा सोचेजस्तै प्रगती हुने हुनाले आफन्त तथा गुरुहरु प्रसन्न हुनेछन् । सवारी साधन तथा धन सम्पती हात लाग्ने योग रहेको छ । व्यापारमा नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा बिश्वासको बाताबरण अझ बढेर जाने हुनाले घर परिवारमा घुसियाली छाउनेछ । व्यापार गर्ने शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरुसँग भेटघाट हुने हुनाले मन प्रशन्न रहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त,मावली र मित्रवर्गको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । बन्दव्यापार र साझेदारी व्यावसायबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दी आउने तथा घाटा लाग्नेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । हतार गर्ने बानिले अनाबस्यक बिवादमा फस्ने योग रहेको छ । पढाइ लेखाइमा अरुभन्दा पछी परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुःख दिनेहरु सक्रिय हुनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन ध्यान दिनुहोला । कामको अवसर प्राप्त भए पनि तत्काल फाईदा नहुन सक्छ । पहिलेका सम्झौता तोडी नयाँ काम गर्न सकिनेछ । अरूको भर पर्नाले काम पूरा नहुन सक्छ । तरपनि अन्योलमा मान्यजनको सुझावलाई शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययनमा आउने नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरु हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । थोरै स्रोत साधनले ठूलो आवश्यकता पूरा हुनेछ । साथीभाइ तथा दाजुभाईसँग मिलेर गरिने काम फस्टाएर जानेछ । विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अरूका लागी समय र श्रम खर्चनु पर्दा पन खिन्न हुनेछ । समयको मागअनुसार चल्न नसक्दा पछी परिनेछ । तपाईँको डाहा गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनु पर्ने अवस्गा आउनेछ नीति नियमलाई बेवास्ता गर्दा चुनौती दण्ड र जरिवाना तिर्नुपर्ने हुन सक्छ । तरपनि पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । आफन्त तथा कुटुम्बबाट सहयोग प्राप्त हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सानातिना घरायसी समस्यामा दौडधूप गर्नुपर्ने भएकाले सुरुमा खिन्नता बढ्ने भएपनि गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ । ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित हुने समय रहेकोछ । कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन उत्तम रहनेछ । डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउन सक्छ । राजनीति तथा समाजसेवामा समय व्यातित हुने हुनाले मान सम्मानमा बृद्धि हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) खर्च बढेपनि उपलब्धीमुलक कामहरु हनेछन् । आवेग,क्रोध र अहंकार पनि बढ्ने खतरा रहेकोछ ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । तरपनि धार्मिक क्रियाकलापमा रूचि बढ्ने छ । मित्रशक्तिबाट सहयोग, समर्थन र राम्रो लाभ पाउनु हुनेछ । दाजु वा पिताको कार्यक्षेत्रमा पनि उन्नतिको समाचार सुन्न पाइने छ । जीवनसाथीसँगको सम्बन्ध सामान्य नै रहने छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा उल्लेख्य सुधार आई अरुलाई निकै पछाडी पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्नी बीचको सम्बन्धमा सुधार भएर जानेछ । दिगो काम गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । व्यापारमा लगानी बढाई भनेजस्तो नाँफा कमाउन सकिनेछ । दाजुभाईले तपाईँको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुनेछन् ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय 

प्रतिक्रिया