‘सन्दीप और पिंकी फरार’को ट्रेलर सार्वजनिक

एजेन्सी । अर्जुन कपूर र परिणीति चोपडा अभिनित चलचित्र ‘सन्दीप और पिंकी फरार’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ ।

१ मिनेट ४६ सेकेन्डको ट्रेलरमा अर्जुन र परिणीतिको भेट भएपछि आउने उतार-चढावमा चलचित्र केन्द्रित रहेको छ ।

यशराज फिल्म्सको ब्यानरमा बनेको फिल्म यही १९ मार्चबाट प्रदर्शनमा आउँदैछ । दिवाकर बनर्जी निर्देशित चलचित्रमा जय दीप अहलावत र नीना गुप्ताको समेत मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया