काठमाडाैं । फागुन २३ गतेदेखि वृद्धवृद्धालाई खोप लगाउन सुरु गरिएको छ । ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लक्षित गरी सुरु गरिएको खोप अभियानमा पहिलो दिन नै उत्साहजनक सहभागिता रहेको थियो । आइतबार एकैदिन २ हजार ९३ वटा खोप केन्द्रबाट १ लाख ४३ हजार १४२ जनाले खोप लगाएका थिए ।
सोमबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै २२४ जना वृद्धवृद्धाले खाेप लगाएका थिए । जसमध्ये ११७ जना महिला र १०७ जना पुुरूष थिए । तीमध्ये १५६ जना दीर्घराेगी रहेकाे र कतिपय वृद्धवृद्धामा खाेपबारे धेरै द्विविधा रहेकाे पाइएकाे अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले जानकारी दिए ।
उनका अनुसार ११२ जना उच्च रक्तचाप, ५० जनामा मधुमेह, १६ जनामा थाइरोइडको समस्या, १५ जनामा मुटुसम्बन्धी अन्य समस्या, १२ जनामा चिल्लो (लिपिड) सम्बन्धी समस्या, फोक्सो सम्बन्धी समस्या ८ जनामा, मिर्गौला सम्बन्धी समस्या ४ जनामा, क्यान्सर उपचार सकेका ३ र १ जना नसा सम्बन्धी उपचार गरिरहेका वृद्धवृद्धा खाेप अभियानमा सहभागी थिए ।
खोपले काम गर्छ/गर्दैन वा लगाउँदा कुनै असर देखिन्छ कि देखिँदैन भन्नेभन्दा पनि भिन्नै सवालहरु उनीहरूले उठाएका थिए ।
यस्तो छ खोप लगाउन आएका वृद्धवृद्धा र परिवारका सदस्यको जिज्ञासामा डा. अनुप सुवेदीले दिएको जवाफ :