महिलाले गर्न नसक्ने काम छैन : करिना कपूर

एजेन्सी । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर भारतीय नायिका करिना कपूरले दोस्रो सन्तानसँगको तस्बिर सार्वजनिक गरेकी छन् ।

अनुहार नदेखाइएको सादा तस्बिरमा उनले आफ्नो छोरालाई छातीमा टाँसेकी छन् । तस्बिर सार्वजनिक गर्दै उनले लेखेकी छन्,’यस्तो कुनै काम छैन‚ जुन महिलाले गर्न सक्दिनन् । सम्पूर्ण महिलामा महिला दिवसको शुभकामना ।’

केही दिनअघि जन्मिएका छोरालाई सार्वजनिक गर्न करीना र सैफ अलि खानले विशेष योजना बनाइरहेका छन् । पहिलो सन्तान तैमुरलाई झैँ मिडियामाझ आफ्नो दोस्रो सन्तान सार्वजनिक गर्ने उनीहरूको योजना छैन ।

स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै करिना सामाजिक सञ्जालमा लाइभ आएर छोरो सार्वजनिक गर्ने तयारीमा रहेको भारतीय सञ्चार माध्यममा उल्लेख छ । १२ फेब्रुअरीमा जन्मिएका उक्त बच्चाको नाम समेत सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया