रानीको अनुकरणीय चरित्र चित्रण

एजेन्सी । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारतीय चलचित्र जगतसँग नजिक रहेको विषय जोड्दै रानी मुखर्जीले आफ्नो विचार व्यक्त गरेकी छन् । पुरुष प्रधान चलचित्र जगतमा महिलाले महिलालाई नै सहयोग र समर्थन गर्नुपर्ने उनले बताएकी छन् ।

सोही क्रममा फिल्मी यात्राको क्रममा महिलाको सहभागिता बढाउनुपर्ने उले बताइन् । महिला महिला एक अर्काको साथमा रहनुपर्ने तर्क गर्दै एक साथ रहेर नै बलियो हुने उनको ठम्याइ छ । एक अर्काका लागि दह्रो भएर उपस्थिति जनाउन नसके पुरुषप्रधान चलचित्र जगतमा नाम कमाउन चाहने महिलाले दर्बिलो सुरुवात गर्दै अगाडि बढ्न सक्ने रानीले बताइन् । महिलाले एक अर्काको सफलतामा रमाउने र साथ दिने हो भने महिलाको आवाज बुलन्द हुने उनले बताएकी छन् ।

कलाकारको हैसियतले आफू भाग्यमानी भन्दै आफूले अभिनय गरेका भूमिकाहरू प्रायः आत्मनिर्भर महिलाको रुपमा हुने गरेको उल्लेख  गरिन् । चलचित्रको माध्यमबाट भए पनि आम दर्शकमाझ हिम्मत बढाउन पाएकोमा उनी आफूलाई भाग्यशाली ठान्छिन् ।

उनको चरित्र छनौट र भूमिकालाई लिएर धेरै महिलाले हिम्मत पाएको उनको विश्लेषण छ । अहिलेसम्म सशक्त चरित्रमा देखिने गरेकी रानीले आगामी दिनमा पनि यस्तै चरित्र निभाउने बताएकी छन् ।

प्रतिक्रिया