पर्दा पछाडिका महिला

काठमाडौँ । महिलालाई मनोरञ्जनको साधन भनेर उपेक्षा गर्ने समय त पार भयो । तर मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला माथि अझै पनि विवेध छ । काम कै कुरा गर्ने हो भने पनि चलचित्रको पर्दा पछाडिका धेरै काम मा महिला को सहभागिता नगण्य छ । सम्पादन, छायाङ्कन मात्रै नभएर शृङ्गारमा महिला सहभागिता बढेको खासै लामो समय भएको छैन । अभिनयमा समेत महिला लाई लामो समय सम्म स्थान दिइएको थिएन । अझै सम्म अभिनयमा सक्रिय कुमार बस्नेत, सन्तोष पन्त लगायत कलाकारले बाल्यकालमा महिला बनेर अभिनय गरेको किस्सा धेरै छन् ।  चलचित्र निर्माणमा भने अन्य विधाको तुलनामा महिला केही अगाडी छन् । निर्देशनको पाटो नियाल्ने हो भने पछिल्लो समय महिला सहभागिता आसलाग्दो देखिन्छ ।

सुचित्रा श्रेष्ठ नेपालकी पहिलो महिला निर्देशक हुन् । प्रेम युद्ध चलचित्र निर्देशन गरेकी उनले  चलचित्र निर्देशक समाजको अध्यक्ष भएर समेत काम गरिन् । तर लामै समय सम्म पनि महिलाका चलचित्र चल्न सकेनन् । सम्झना उप्रेती रौनियारको मेघा र फागुले खासै सफलता दिन सकेनन् । आधा पेज र रिङ रो निर्देशक समुन्द्र अहिले माया प्रोजेक्टको तयारीमा छिन । सवनम मुखियाले ‘जुवी नाइँल’ चलचित्र निर्देशन गरिन । त्यस्तै दीपा बस्नेतका अन्तराल, श्री पाँच अम्बरे, लक्षु गौतमले ब्ल्याक इयार, रक्षा सिंहले द गेम, सावित्री खत्रीले काफल पाक्यो लगायत चलचित्र निर्देशन गरे ।

दीपा श्री निरौला निर्देशित सबै चाल चित्र सफल छन् । उनका चलचित्रले व्यावसायिक सफलता हात पार्दै नाम समेत राख्न सफल भए । ए मेरो हजुर चलचित्रकी नायिका झरना थापाले समेत उक्त चलचित्रको सिरिज निर्देशन गरिन् । उनका चलचित्रले समेत राम्रो व्यापार गरेका छन् । हिम्मत वाली रेखा थापाले आफ्नो नाम सफल निर्देशकको रूपमा राखिसकेकी छन् । कोरियोग्राफीबाट निर्देशनमा हात हालेकी रेनाशा बान्तवा राईको चलचित्र इन्टु मिन्टु लन्डनमाले चर्चा कमायो । उनी आई एम ट्वान्टी वान चलचित्रमा व्यस्त छिन् ।

समग्रमा निर्देशनमा महिला सहभागिता बढ्दै जाँदा सफलता चाख्ने निर्देशकको नामावली समेत लामो बन्दै गएको छ ।

प्रतिक्रिया