विराटनगरमा एमाले कार्यालय ब्युँताइँदै
२०७७ फागुन २४ गते

विराटनगर । सर्वोच्च अदालतको फैसलालगत्तै उत्साहित बनेको पूर्व एमाले पक्षले विराटनगरमा नेकपा एमालेको जिल्ला कमिटीको भवन ब्युँताउने भएको छ ।
विराटनगर १२ पाञ्चालीमा यसअघि नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यालय रहेको मदन स्मृति भवनमा फेरि नेकपा एमालेकै कार्यालय बनाउन लागिएको हो ।
दुई दल मिलेर नेकपा बन्नुअघि यो भवनमा नेकपा एमालेकै कार्यालय थियो । सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमालेको पार्टी कार्यालयका रुपमा पुनस्र्थापित गर्न लागिएको नेकपाका मोरङ्ग अध्यक्ष ऋषी पोखरेलले जानकारी दिए ।
कार्यालय उद्घाटनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकाल पुगिसकेका छन् । ढकालले नेकपा एमाले जिल्ला कमिटिको बोर्ड राख्ने कार्यक्रम रहेको पोखरेलले जानकारी दिए ।
- तस्बिर : सुमन सुस्केरा
२०७७ फागुन २४ गते
प्रतिक्रिया
सम्बन्धित








