विराटनगरमा एमाले कार्यालय ब्युँताइँदै

विराटनगर । सर्वोच्च अदालतको फैसलालगत्तै उत्साहित बनेको पूर्व एमाले पक्षले विराटनगरमा नेकपा एमालेको जिल्ला कमिटीको भवन ब्युँताउने भएको छ ।

विराटनगर १२ पाञ्चालीमा यसअघि नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यालय रहेको मदन स्मृति भवनमा फेरि नेकपा एमालेकै कार्यालय बनाउन लागिएको हो ।दुई दल मिलेर नेकपा बन्नुअघि यो भवनमा नेकपा एमालेकै कार्यालय थियो । सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमालेको पार्टी कार्यालयका रुपमा पुनस्र्थापित गर्न लागिएको नेकपाका मोरङ्ग अध्यक्ष ऋषी पोखरेलले जानकारी दिए ।कार्यालय उद्घाटनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकाल पुगिसकेका छन् । ढकालले नेकपा एमाले जिल्ला कमिटिको बोर्ड राख्ने कार्यक्रम रहेको पोखरेलले जानकारी दिए ।

  • तस्बिर : सुमन सुस्केरा
प्रतिक्रिया