अंशभन्दा शिक्षा महत्त्वपूर्ण : ऋचा शर्मा

काठमाडौँ । कलाकार ऋचा शर्माले महिलालाई अंश दिनेभन्दा शिक्षा दिने विषयमा जोड दिनुपर्ने बताएकी छन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उनले सम्पत्तिभन्दा शिक्षामा जोड दिनुपर्ने बताएकी हुन् ।

शर्माले पहिलाभन्दा अहिले छोराछोरीलाई समान शिक्षा समेत दिइँदै आएकोमा सम्पत्तिभन्दा पनि शिक्षामा नै जोड दिनुपर्ने बताइन् ।

कानुनले अंशमा समान हकको व्यवस्था गरेको तर दाइजो, सम्पत्तिभन्दा पनि जीवनभर हुने शिक्षामा जोड दिनु नै उचित हुने उनी बताउँछिन् । सम्पत्ति सकिएर जाने भएकाले जीवनभरको सम्पत्ति शिक्षा नै रहने बताएकी हुन् ।

चलचित्र निर्माणमा समेत हात हालेकी ऋचा समसामयिक विषयमा आवाज उठाउने तथा जानकार कलाकारको रूपमा चिनिन्छिन् ।

प्रतिक्रिया