सर्वाेच्चकाे फैसला निर्वाचन आयोगमा दर्ता

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता बदर गर्ने सर्वोच्चको फैसला निर्वाचन आयोगमा दर्ता भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम गरेको पार्टीसँग नाम मिल्ने गरी नेपाल कम्युनिष्ट पार्टी (ने क पा) दर्ता गर्ने निर्वाचन आयोगको २०७५ जेठ २३ र २०७५ कात्तिक ९ गते भएको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरिएको सम्बन्धी सर्वोच्च अदालतको फैसला आइतबार दर्ता नं. १०१४ मा दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आज सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । योसँगै एकीकृत नेकपा खारेज भएको छ भनेर माओवादी केन्द्र र एमाले ब्यूँतिएका छन् ।

प्रतिक्रिया