सर्वोच्चको फैसला प्राप्त भएपछि निर्णय गर्छौँ आयोग

काठमाडौं । निर्वाचन आयोगले सर्वोच्चको फैसला औपचारिक रुपमा प्राप्त भएपछि निर्णय गर्ने बताएको छ । आइतबार सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्ष फैसला गरेको छ ।

योसँगै एकीकृत नेकपा खारेज भएको छ भने पूर्वमाओवादी केन्द्र र पूर्वएमाले ब्यूँतिएका छन् । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मकालु खबरसँग भनेका छन्, ‘सर्वोच्चको फैसला अहिले आयोगलाई प्राप्त भइसकेको छैन । प्राप्त भएपछि आयोगले निर्णय गर्नेछ ।’

प्रतिक्रिया