दाहाल–नेपाल समूहको सूचना दर्ता गर्न मानेन संसद सचिवालयले

काठमाडौं । विपक्षी नेकपाको सूचनालाई संघीय संसद सचिवालयले अस्वीकार गरेको छ । नेकपा संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएर पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरिएकोसम्बन्धी सूचनालाई सचिवालयले अस्वीकार गरेको हो ।

दलको बैठकलगत्तै बहुमत सांसदहरुको हस्ताक्षर रहेको दाबीसहित दाहाल–नेपाल समूह संघीय सचिवालय पुगेको थियो ।

महासचिव भरतराज गौतमले कानून र ऐन तथा सम्बन्धित दलको विधान समेत बुझेर आवश्यक कारबाही अघि बढाउने बताएपछि ठूलो स्वरमा चर्काचर्की परेको थियो ।

नेताहरुले आफूहरु वैधानिक भएको भन्दै मान्यता दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया