दाहाल–नेपालले भेटे सभामुख सापकोटालाई

काठमाडौं । विपक्षी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेका छन् ।

दाहाल–नेपालले आइतबार बिहान सभामुख कार्यकक्ष नै पुगेर सापकोटालाई भेटेका हुन् । उनीहरुको भेट के कुराकानी भयो भन्ने बारे भने खुलेको छैन । यद्यपि, पुनःस्थापित संसद् अधिवेशनको पूर्वसन्ध्याको यो भेटलाई चासोका साथ हेरिएको छ ।

अपराह्न ४ बजेबाट पुनःस्थापित संसद्को सातौं अधिवेशन शुरु हुँदैछ । सभामुख सापकोटा पनि पूर्वमाओवादी नेता हुन् । उनी कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख भएका थिए ।

प्रतिक्रिया