चलचित्र विकास बोर्ड र सेन्सर बोर्डका सदस्य नियुक्त

काठमाडौँ  । सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्ड र चलचित्र सेन्सर बोर्डमा सदस्यहरू नियुक्त गरेको छ ।

मन्त्रालयले बोर्डको सदस्यमा अर्जुनकुमार डङ्गोल, प्रकाश भट्टराई, फनिन्द्रकुमार कटुवाल (राज) र सेन्सर बोर्डमा सन्तोषकुमार थापा र मीनाक्षी कोइरालालाई  नियुक्त गरेकाे हाे ।

सञ्चार मन्त्रालयमा आयोजित समारोहमा नयाँ सदस्यहरूलाई प्रमाणपत्र दिँदै सञ्चार मन्त्री पार्वत गुरुङले विकृति र विसङ्गतिरहित चलचित्र क्षेत्र बनाउन भूमिका खेल्न आग्रह गरे । सदस्यहरूको कार्यकाल २ वर्षको हुनेछ ।

प्रतिक्रिया