चलचित्र पत्रकार सङ्घ नेपालको पर्सा शाखा गठन
२०७७ फागुन २१ गते

काठमाडौँ । चलचित्र पत्रकार सङ्घ नेपालको पर्सा शाखा गठन भएको छ । नीलिमा पौडेलको अध्यक्षतामा ११ सदस्य कार्यसमिति गठन गरिएको हो ।
बिहीबार गठन भएको कार्य समितिको उपाध्यक्षमा विवेक पौडेल, सचिवमा सूर्यनारायण विक,सह–सचिवमा प्रणय शाह, कोषाध्यक्षमा समिना रञ्जितकार चयन भएका छन् । यस्तै, सदस्यहरूमा सोनम गौतम, रश्मिराज भण्डारी, शम्भु कुमार सुमन, जय यादव, रञ्जित यादव छन् । चलचित्र पत्रकार सङ्घ नेपालको केन्द्रबाट महासचिव समीर बलामीको उपस्थितिमा सङ्घको शाखा गठन गरिएको हो ।
चलचित्र पत्रकार सङ्घ नेपालको पर्सा सहित १० शाखा पुगेको छ । यसै साता सङ्घको थप पाँच शाखा गठन हुनेछ ।
२०७७ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








