आजबाट कमेडी च्याम्पियनको दोस्रो सिजन सुरु

काठमाडौँ । कमेडी च्याम्पियनको दोस्रो सिजन फागुन २१ गते आजबाट सुरु हुने भएको छ । यस सिजनका लागि ६हजार भन्दा बढी व्यक्तिहरूले डिजिटल अडिसनमार्फत सहभागिता जनाएका थिए । त्यसमध्येबाट १८० जना लाई फिजिकल अडिसनमा छनोट गरिएको थियो । १८० मध्येबाट काठमाडौँ बोलाएर फिजिकल अडिसन गरेर आयोजकले उत्कृष्ट २४ प्रतियोगी छनोट गरेका छन् ।

आजबाट प्रसारण हुने शो कान्तिपुर टेलिभिजन र कान्तिपुर एफएमबाट प्रसारण हुने छ साथै ओएसआर डिजिटल युट्युबबाट पनि लाइभ हुनेछ ।

‘थ्री प्रोडक्सन’ को निर्माण कमेडी च्याम्पियनको निर्णायकमा गत बर्ष झैँ सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् । कार्यक्रम रीमा विश्वकर्माले सञ्चालन गर्ने छिन् ।च्याम्पियनको कार्यकारी निर्माता केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे रहेका छन् ।

प्रतिक्रिया