राणा स्टारर चलचित्र ‘हाथी मेरे साथी’ को ट्रेलर

एजेन्सी । राणा दग्गुबाती स्टारर चलचित्र ‘हाथी मेरे साथी’ को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेटको ट्रेलरमा जङ्गली हात्तीलाई बचाउन एक व्यक्तिले गरेको सङ्घर्ष देखाइएको छ । निर्माण टिमले चलचित्र प्रदर्शन मिति २६ मार्चलाई घोषणा गरेको छ । इरोस इन्टरनेसनलले निर्माण गरेको चलचित्र हिन्दीसहित तमिल र तेलुगू भाषामा बनेको छ । पुलकित सम्राट्, श्रिया पिलगांवकर, जोया हुसेनको अभिनय रहेको चलचित्रलाई प्रभु सोलोमनले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया