अब नेपालमा विध्वंसात्मक गतिविधि हुँदैनन् : प्रधानमन्त्री
२०७७ फागुन २१ गते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा विध्वंसात्मक गतिविधि नहुने बताएका छन् ।
शुक्रबार सभागृहमा भएको विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘अब नेपालमा विध्वंसात्मक गतिविधि हुने छैन,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘अब नेपालमा शान्ति छाउने छ । किनकी, विप्लवजीहरु यता आइसक्नुभयो । यसको लागि म विप्लवजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।’
यस्तै प्रधानमन्त्री ओलीले विप्लवले साहसिक कदम चालेको बताएका छन् । ‘विप्लवजीलाई धन्यवाद दिन चाहन्छु । उहाँले फेरि एकपटक साहसिक कदम चाल्नुभएको छ । राज्यका तर्फबाट पनि म धन्यवाद दिन चाहन्छ ।’
विप्लव समूह र सरकारबीच शुक्रबार तीनबुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।
२०७७ फागुन २१ गते
प्रतिक्रिया
सम्बन्धित








