एउटै मञ्चबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओली र विप्लव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्दैछन् । सरकारले चन्द समूहमाथिको प्रतिबन्ध फुकुवा गरेसँगै दिउँसो २ बजे हुने विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्न लागेका हुन् ।

सरकारले २०७५ फागुन २८ गतेबाट चन्द समूहको गतिविधिमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध फुकुवाको औपचारिक घोषणा आज प्रधानमन्त्री ओली र चन्द समूहका महासचिव नेत्रविक्रम चन्दको सहमतिपत्रमा हस्ताक्षर एवं संयुक्त सम्बोधनपछि गरिनेछ । सहमतिपत्रमा हुने हस्ताक्षर कार्यक्रममार्फत महासचिव चन्द पनि सार्वजनिक हुँदैछन् ।

प्रतिबन्ध फुकुवा र चन्द समूह शान्तिपूर्ण मूलधारको राजनीतिमा आउने प्रतिबद्धतापछि अब सरकारले पुर्पक्षका क्रममा कारागारमा रहेका चन्द समूहका नेता-कार्यकर्ता छुटाउन कानुनी प्रक्रिया अघि बढाएको छ । गृह मन्त्रालयले बिहीबारै सबै जिल्ला प्रशासन कार्यालयलाई प्रमुख जिल्ला अधिकारीले हेरिरहेका मुद्दामा प्रक्रिया पुर्‍याएर मिलाउन चन्द समूहका नेता-कार्यकर्ता छाड्न निर्देशन दिइसकेको छ ।

यो पनि :-
-सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति
-विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा
-विप्लव शान्तिपूर्ण राजनीतिमा आउनुको अर्थ
प्रतिक्रिया