सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति

काठमाडौं । सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ । सरकारका तर्फबाट गठित वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार बिहीबार बिहान भएको सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएको हो ।

भट्टराईले भनेका छन्, ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमतिमा हस्ताक्षर सम्पन्न भएको छ ।’

सहमतिबारे २१ फागुनमा पत्रकार सम्मेलन गरी थप जानकारी दिइने बताइएको छ । उक्त सम्मेलनलाई विप्लवले सम्बोधन गर्नेछन् ।

सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया