विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले सरकारी बार्ता टोलीसँगको सहमतिअनुसार प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

बैठकले सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोलीबीच भएको ३ बुँदे सहमतिलाई पनि अनुमोदन गरेको एक मन्त्रीले जानकारी दिए ।

अहिलेकै सरकारले २०७५ साल फागुन २८ गते विध्वँसात्मक गतिबिधीमा सँलग्न रहेकाे भन्दै नेकपालाई प्रतिबन्ध लगाउने निर्णय गरेकाे थियाे । राजनीतिक आस्थाकै आधारमा कसैमाथि प्रतिबन्ध लगाउन नपाइने संवैधानिक ब्यवस्थाविपरित प्रतिबन्ध लगाइएकाे भन्दै आलाेचना पनि भएकाे थियाे ।

सरकार र विप्लव पक्ष वार्तामा भएका सहमतिसहित शुक्रबार सार्वजनिक कार्यक्रममार्फत प्रस्तुत हुँदैछन् । राष्ट्रिय सभागृहमा दिउँसो २ बजे शुरु हुने संयुक्त कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले संयुक्त संबोधन गर्ने तय भएको छ ।

प्रतिक्रिया