फ्लोरमा नगई नायकलाई समीक्षाको डर !

काठमाडौँ । चलचित्र ‘आँधी तुफान २’ निर्माणको जानकारी दिन  बिहीबार पत्रकार सम्मेलन गरिएको थियो । कार्यक्रममा नायक सञ्जय खतिवडाले पत्रकारलाई चलचित्र समीक्षकभन्दा संवाहक बन्नुपर्ने सुझाव दिए ।

अधिकांश चलचित्रकर्मीले आफ्नो विषयमा नराम्रो सुन्न सक्दैनन्, कमजाेरी सुधार्न लाग्दैनन् केवल फाेस्राे प्रशंसा मात्र चाहन्छन् भन्ने आराेप लाग्ने गरेकाे छ । 

चलचित्र छायाङ्कनमै नगई नायकलाई प्रशंसाको मोह जागिसकेकाे हाे भने त राम्राे भएन ।  

हाम्राे सुझाव- सञ्जय जी ! पहिला अभिनयमा ध्यान दिनुस् । तपाईंको कामलाई दर्शकले मन पराउने हुन् । दर्शक खुसी बनाउनकै लागि मेहनत गर्नुस् । दर्शक खुशी भएमा चलचित्रले गज्जबकाे चर्चा पनि पाउनेछ भने तपाईंकाे अभिनयकाे तारिफ पनि हुनेछ ।

तपाईंकाे अभिनय गज्जब भयाे भने पत्रकारलाई तपाईंकाे काम राम्राे नभनी सुख !

त्यसैले त्यता ध्यान दिनुस् । पत्रकार खुसी बनाउनतर्फ नलाग्नुस् ।

प्रतिक्रिया