चलचित्र पत्रकार संघको सुनसरी शाखा गठन

काठमाडौं । चलचित्र पत्रकार संघ, नेपालको सुनसरी शाखा गठन भएको छ । बुधबार हार्ट एफएम धरानका कार्यक्रम संयोजक, रङ्ग पत्रकार बिनोद विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय तदर्थ  समिति गठन भएको हो ।

बिहीबार गठन भएको कार्यसमितिमा उपाध्यक्ष मनोज दाहाल, सचिव सुमन भट्टराई, सह सचिव शरुपा थापा मगर, कोषाध्यक्ष  सविना बान्तवासहित सदस्यहरुमा नरेन कुलुङ, रविन राउत, आरबी कटवाल,  राजकुमार खाती, प्रशान्त पुरी र सुप्रिया राई  रहेका छन् । समितिका बाँकी सदस्य र सल्लाहकारहरु कार्यसमितिको पहिलो बैठकपछि थप गर्ने तदर्थ समितिका सचिव सुमन भट्टराईले बताए ।

कार्यक्रममा विशेष अतिथि चलचित्र पत्रकार संघ, प्रदेश १ शाखा अध्यक्ष नरेन्द्र बस्नेत , चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधान अतिथि हरुमा म्याजिक सिनेमा हल संचालक , निर्माता तथा कलाकार पर्शुराम चौधरी , निर्माता तथा निर्देशक भीम लामा, संगीत साधना प्रतिष्ठान नेपालका महासचिव राजु केसी, कलाकार तथा चलचित्रकर्मी महासंघ प्रदेश- १ का महासचिव दिनेश कोइराला, वरिष्ठ संगीतकार गुरुदेव कामत, कोशी अनलाइनका सम्पादक सुविद गुरागाईं, अग्रज पत्रकार कृष्ण अधीकारी, निर्माता तथा निर्देशक प्रकाश सुब्बालगायत रहेका थिए ।

चलचित्र पत्रकार संघ नेपालको सुनसरीसहित ९ शाखा पुगेको छ । यसै साता संघको थप पाँच शाखा गठन हुने केन्द्रीय समितिका महासचिव समीर बलामीले बताएका छन् । आउँदो चैत्र ३ गते संघले केन्द्रीय समितिको साधारण सभा यसअघि नै घोषणा गरेको छ ।

प्रतिक्रिया