ईटहरीमा यस्तो छ कोभिड खोप लगाउने तालिका

विराटनगर । इटहरी उपमहानगरपालिकाले कोभिडविरुद्धको खोप वितरणका लागि खोप केन्द्र तोकेको छ । फागुन २३ देखि २७ गतेसम्म १२ वटा खोप केन्द्रहरुमार्फत् कोरोना खोप लगाइने उपमहानगरले जनाएको हो । वडा नम्वर ६, ७, ८ र ९ का लागि इटहरी अस्पतालमा खोप लगाइने छ ।

फागुन २३ र २४ गते वडा नम्वर २ को कार्यालयमा, वडा नम्वर ३ को आधारभूत स्वास्थ्य केन्द्रमा, वडा नम्वर ४ को सामुदायिक अस्पताल र वडा नम्वर ५ को परिवार नियोजन संघमा खोप लगाउने कार्यतालिका छ । ईटहरी उपमहानगरको वडा नम्बर १० देखि १३ नम्वर वडाका लागि खनार स्वास्थ्य चौकीमा फागुन २३ देखि २७ गते सम्म खोप लगाइने छ ।

वडा नम्वर १० को मनमोहन प्राविमा फागुन २५ गते,१७ र १८ वडाका लागि पकली स्वास्थ्य चौकीमा फागुन २३ देखि २७ गते सम्म कोरोनाविरुद्धको खोप लगाइने छ । वडा नम्वर १४ देखि १६ का लागि एकम्वा स्वास्थ्य चौकीमा फागुन २३ देखि २७ गते सम्म,वडा नम्वर १ को हाँसपोसा स्वास्थ्य चौकी भवनमा फागुन २३ र २७ गते,वडा नम्वर १९ को पञ्चालयत रजत निमाविमा फागुन २४ गते र वडा नम्वर २० को महिला असहाय भवन तरहरामा फागुन २५ र २६ गते खोप लगाउने कार्यक्रम रहेको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।

तेश्रो चरणमा ५५ बर्षमाथिका जेष्ठ नागरिक, विद्यालयका शिक्षक कर्मचारी, नीजि स्वास्थ्य सस्थाका स्वास्थ्यकर्मी, सार्वजनिक स्वास्थ्य संस्थाका चालक, सहचालक तथा छुटेका जनप्रतिनिधि र कर्मचारीलाई खोप दिइने छ ।

खोप अभियान सफल बनाउन जनप्रतिनिधि, स्वास्थ्यकर्मी, खोप कार्यकर्ता र सरोकारवाला विच छलफल गरेर खोप केन्द्र तोकिएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया