७७ फिट लामो सर्प !

एजेन्सी । धेरैजसाे व्यक्तिलाई हिममानव बनाउन पनि मुश्किल पर्छ । तर अमेरिकाकाे काेलाेराडाे क्षेत्रमा एक परिवारले हिउँकाे ७७ फिट (२३ मिटर) लामाे सर्प बनाएका छन् ।

मान मूजली र उनकाे पाँच भाइबहिनीले १० घण्टा लगाएर आफ्नो बगैँचामा यति ठुलाे सर्प बनाएका हुन् ।

यसअघि सन् २०१९ मा पनि उनीहरूकाे स्नाे आर्ट प्रसिद्ध बनेको थियो । त्यस समय उनीहरूले हिउँकाे बाघ बनाएका थिए ।

अहिले उनीहरूले बनाएकाे हिमसर्पकाे तस्वीर सामाजिक सञ्जालमा समेत चर्चामा छ ।

प्रतिक्रिया