ओलीलाई संसदीय दलको नेताबाट हटाउने दाहाल-नेपाल पक्षको निर्णय

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने प्रस्ताव पारित गरेको छ ।

बुधबार पेरिसडाडामा बसेको दाहाल-नेपालपक्षीय नेकपाको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो ।

यससँगै सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट र शान्ता चौधरीलाई सचेतकबाट हटाउने प्रस्ताव पारित भएको छ ।

पार्टीको गतिविधिभन्दा बाहिर रहेर काम गरेको भन्दै उनीहरूलाई कारबाही गरिएको पार्टीका नेता लीलामणि पोखरेलले जानकारी दिए।

आजकै बैठकले महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालगायतका नेताहरुलाई केन्द्रीय सदस्यबाट समेत निष्काशन गरेको छ ।

प्रतिक्रिया