बुधबार थपिए ८७ संक्रमित, मृतक संख्या ३ हजार नाघ्यो

काठमाडाैं । पछिल्लाे २४ घण्टामा ८७ जना काेराेना संक्रमित थपिएका छन् भने ६२ जना निकाे भएका छन् ।

यस्तै योसँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ३८१ पुगेको छ । संक्रमितमध्ये २ लाख ७० हजार ६०५ जना निको भइसकेका छन् भने मृतक संख्या ३ हजार १० पुगेको छ । २४ घण्टामा २ सय ३३ थप मृतकको संख्या समावेश गरेसँगै कुल मृतकको संख्या त्यति पुगेकाे हाे । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ ।

आज क्वारेन्टिनमा ५९ जना छन् भने सक्रिय संक्रमित संख्या ७६६ रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया