चलचित्र ‘प्रकाश’को वर्कसप सुरु

काठमाडौं । चलचित्र ‘प्रकाश’ को वर्कसप सुरु भएको छ । काठमाडौंमा जारी वर्कसपमा चलचित्रमा अनुबन्ध भएका कलाकारको उपस्थिति रहेको छ ।

२५ गतेबाट छायांकनमा जाने उक्त चलचित्रको अधिकांश छायांकन जुम्लामा हुनेछ । ३५ दिनको सुटिङ सेड्युल रहेको चलचित्रको केही सिन भने पश्चिम तराइको हुनेछ ।

चलचित्रको मुख्य भूमिकामा प्रदीप खड्का छन् । उनको अपोजिटमा थिएटर आर्टिस्ट रेनु योगी छिन् । बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहने चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् । चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् ।

प्रतिक्रिया