२०५० सम्ममा हरेक चार व्यक्तिमध्ये एक व्यक्तिमा बहिरोपना !

एजेन्सी । आज मार्च तीन अर्थात् विश्व श्रवण दिवस । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यसै सन्दर्भमा बहिरोपनाबारे एक प्रतिवेदन सार्वजनिक गरेको छ । बुधबार जारी उक्त प्रतिवेदनमा २०५० सम्ममा विश्वभर एक चौथाई व्यक्तिमा बहिरोपना सम्बन्धी समस्या देखिने उल्लेख गरिएकाे छ ।

डब्लूएचओका अनुसार २०५० सम्ममा २.५ बिलियन मानिसहरू सुन्ने शक्ति या बहिराेपनाकाे समस्याबाट कुनै न कुनै रूपमा ग्रसित हुनेछन् । यदि यस विषयमा कुनै ठाेस कदम उठाइएन भने करिब ७ सय मानिसहरूमा बहिराेपनाकाे समस्या हुनेछ र ती मानिसहरूलाई कुनै न कुनै प्रकारकाे उपचार आवश्यक पर्नेछ ।

बहिराेपना सम्बन्धी जारी विश्वकै पहिलाे प्रतिवेदनमा डब्लूएचओले भनेकाे छ- ‘हाम्राे सुन्ने क्षमता अनमाेल छ । यदि बहिराेपनाबारे कुनै समुचित उपचार भएन भने यसले व्यक्तिको सञ्चारकाे क्षमता, अध्ययन र रोजगारीमा व्यापक असर गर्न सक्छ ।’

डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले यसकाे कारणले मानसिक स्वास्थ्य र सम्बन्धमा पनि नकारात्मक असर पुग्न सक्ने बताए । साे प्रतिवेदनले बहिराेपनाकाे हालकाे प्रभाव दर्शाउनुका साथै प्रमाणमा आधारित समाधान पनि दिनेछ जसले विश्वभरका देशहरूले आफ्नो स्वास्थ्य प्रणालीमार्फत् नागरिककाे जीवनस्तर सुधार गर्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया