यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल फाल्गुन १९ गते । बुधबार । ईश्वी सन् २०२१ मार्च ०३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–चतुर्थी,०० घडी ४८ पला, बिहान ०६ बजेर ४८ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र– चित्रा,०१ घडी ५१ पला,बिहान ०७ बजेर १३ मिनेट उप्रान्त स्वाती । योग–वृद्धि,०८ घडी ०० पला,बिहान ०९ बजेर ४१ मिनेट उप्रान्त ध्रुव । करण–बालव,बिहान ०६ बजेर ४८ मिनेट उप्रान्त कौलव,बेलुकी ०५ बजेर ३८ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–काल योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०४ मिनेट । दिनमान २८ घडी ५९ पला ।

आजको बार बेला ।
बिहान ०६ बजेर २९ मिनेटसम्म लाभ बेला ।
बिहान ६ बजेर ३० मिनेटदेखी बिहान ७ बजेर ५६ मिनेटसम्म अमृत बेला ।
बिहान ७ बजेर ५७ मिनेटदेखी बिहान ९ बजेर २३ मिनेटसम्म काल बेला ।
बिहान ०९ बजेर २४ मिनेटदेखी बिहान १० बजेर ५० मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर ५१ मिनेटदेखी मध्यान्ह १२ बजेर १७ मिनेटसम्म रोग बेला ।
मध्यान्ह १२ बजेर १८ मिनेटदेखी दिउसो १ बजेर ४४ मिनेटसम्म उद्वेग बेला ।
दिउसो १ बजेर ४५ मिनेटदेखी दिउसो ३ बजेर ११  मिनेटसम्म चर बेला ।
दिउसो ३ बजेर १२ मिनेटदेखी बेलुकी ४ बजेर ३८ मिनेटसम्म लाभ बेला ।
बेलुकी ४ बजेर ३९ मिनेटदेखी बेलुकी ७ बजेर ३८ मिनेटसम्म उद्वेग बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो १२ बजेर १६ मिनेटदेखी दिउसो ०१ बजेर ४३  मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) रमाईलो यात्रा गर्न सकिने भए पनि यात्राका क्रममा बाधा तथा अवरोधहरुको सामना गर्नु पर्नेछ । आथिक रुपमा कमजोर हुने तथा अरुको हेपाईमा परिनेछ । माया प्रेममा नचाहादा नचाहादै मनमुटाब सिर्जना हुनेछ भने जीवन साथिले सहयोग नगर्दा उपलब्धी गुम्ने खतरा रहेकोछ । अध्ययनमा अरुभन्दा पछी परिने हुदा नतिजा अरुतिरै जानेछ । नोकरिमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपदा तनाब बड्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्यका दृष्टिकोणले समय राम्रो रहेकोछ भने पुराना स्वास्थ्य सम्बन्धी हल भएर जानेछ  । व्यापारमा बृद्धि हुनाले आर्थिक लाभ हुनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गरि नाम कमाउन सकिनेछ । मावली र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनाले मन प्रशन्न हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मत भिन्नताको समाप्ती हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यापार व्यावसाय फस्टाएर जानेछ । आय आर्जनका नयाँ स्रोत थपिनेछन् भने धन संग्रह गर्न सकिनेछ । क्षमता प्रयोग गरि स्वरोजगार बन्न सकिनेछ ।   अध्ययनमा प्रगति हुनुका साथै आफ्नो ज्ञान प्रयोग गरि काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्ध पुनह रुचारु हुने अधिक सम्भावना रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा रमाउने समय रहेको तथा बंश बृद्धिको गतिलो योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामाजिक काममा समय बित्ने भएपनि तपाईको डाहा गर्नेहरुले जनतामाझ अनावस्यक भ्रम तथा गलत म्यासेज लाने हुनाले आलोचनाको शिकार होईनेछ । व्यापार व्यावसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेभ भने कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् । माया प्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अभिभावक,विशिष्ट व्याक्ती तथा दाजुभाईको सहयोगले राम्रा तथा उत्पादनमूखी काम गर्न सकिनेछ । आफ्नै सवारी साधनमा छोटो दुरिको यात्राको प्रसस्त सम्भावना रहेकोछ । व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ व्यावसाय सुरु गर्नको लागी समय उत्तम रहेकोछ । राजनीति तथा सामाजिक क्षेत्रमा मान सम्मान तथा प्रतिष्ठा जोगाउन सफल होईनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आर्थिक तथा बौद्धिक क्षेत्रमा तपाईको गतिलो उपस्थितिले मान तथा सम्मान दिलाउनेछ । बोलिको प्रभाव बढ्ने हुँदा समर्थक तथा प्रशंसक बढ्नेछन् । पारिवारिक माहोलमा सहभागि भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण थप मजभुत हुनेछ भने घर परिवारमा एक अर्काबिच आत्मियताको भाव झल्कनेछ । अध्यानमा मन जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सामाजिक काम समयमा सम्पन्न गर्न नसकिने हुँदा ईज्जत प्रतिष्ठामा कमि हुनेछ । आफन्त तथा साथिभाईहरु रुपैया पैसाको कारोबार आजको दिन नगर्नुहोला । खुट्टा तान्ने तथा फसाउँनेहरु देखि सजक रहनुहोला । पढाई लेखाईमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा आम्दानिमा कमि हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पुराना समस्याहरु बल्झनेछन् भने स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । हठ गर्ने बानीले समस्या निम्त्याउनेछ भने कमिकम्जोरी ढाकछोप गर्न खोज्दा थप घाटा लाग्नेछ । अग्रज तथा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ । सरकारि नियमको पालना नगर्दा दण्ड वा जरिवाना तिर्नुपर्ने हुनसक्छ । अध्यनमा मन जानेछैन । तरपनि काम वा अध्ययनको सवालमा विदेशमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आत्मविश्वास र पराक्रममा वृद्धि हुनाले राम्र काम गर्न सकिनेछ । कलकारखाना र बन्दव्यापारबाट मनग्गे फाइदा लिन सकिनेछ । शत्रुलाई परास्त गर्न सकिनेछ भने प्रतिस्पर्धीहरुले साथ दिनेछन् । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत  नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइ तथा आफन्तसँग भेटघाट हुने योग रहेकोछ ।  परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम थोरै समय दिएर फत्ते गर्न सकिनेछ  । स्वास्थ्य सबल रहने हुनाले तपाईँबाट राम्रा हुनेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) छोटो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आफन्त तथा परिवारका सदस्यहरु खुशि हुनेछन् । व्यावसायमा भनेजस्तो आम्दानी हुने हुनाले आर्थिक रुपमा सबल होईनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट सकारात्मक नतिजा आउनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिभिन्न समस्याहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ भने यही बेलामा आफन्त तथा शुभचिन्तकहरु टाडिनेछन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिदा पनि भनेजस्तो नतिजा हात लागी नहुँदा काम गर्ने जोस जागर हराएर जानेछ । बाहिरि वातावरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । प्रेम प्रशङगमा एक अर्कालाई शंकालु नजरले हेर्दा थप समस्या उत्पन्न हुनाले सम्यम भई अगाडि बढ्नुहोला ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय 

प्रतिक्रिया