सरकार र विप्लवबीच वार्ता हुनु सकारात्मक : रिजाल

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपकाका नेता विष्णु रिजालले सरकार र विप्लवबीचको वार्ता परिणाममुखी हुनुपर्ने भनेका छन् । मंगलबार आफ्नो आधिकारिक फेसबूकमार्फत् नेता रिजालले यसो भनेका हुन् ।

यस्तै उनले सरकार र विप्लवबीच वार्ता हुनु सकारात्मक भएको पनि बताएका छन् । ‘सरकार र विप्लव समूह वार्ता टोली गठन गर्दै सम्वादबाट राजनीतिक समस्याको निकास खोज्न अग्रसर हुनु सकारात्मक छ,’ नेता रिजालले भनेका छन्, ‘वार्तालाई दाउपेचका रूपमा नभई परिणाममुखी बनाउन सफलताको कामना गरौँ ।’

गत ९ फागुनमा विप्लवले विज्ञप्तिमार्फत् सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएपछि सरकारले मंगलबार वार्ता टोली गठन गरिसकेको छ । पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’  को नेतृत्वमा गठित वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्यका रुपमा रहेका छन् ।

यस्तै यता विप्लवले पनि वार्ता टोली गठन गरिसकेको बताइएको छ । यद्यपि यसको आधिकारिक जानकारी भनेका दिइएको छैन ।

प्रतिक्रिया