कङ्गना विरुद्ध पक्राउ पुर्जी जारी

एजेन्सी । जावेद अख्तरको मानहानिको मुद्दामा मुम्बईको अँधेरी महानगर मजिस्ट्रेट अदालतले अभिनेत्री कङ्गना रनावट विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले मार्च १ तारिख सम्ममा अदालतमा हाजिर हुने आदेश जारी गरे पनि उनी उपस्थित नभएपछि पक्राउ पुर्जी जारी गरिएको हो ।

निवेदकहरूले दिएको निवेदन प्रक्रियाअनुसारको नभएको भन्दै कङ्गनाको वकिलले अदालतमा रिट हालेका छन् । अख्तरका वकिल वृन्दा ग्रोवरले भने कङ्गनाले प्रक्रियालाई नै चुनौती दिएको आरोप लगाएका छन् । उच्च अदालतको आदेश दिएपछि कङ्गना अदालतमा हाजिर हुनुपर्ने उनको तर्क छ ।

आफू विरुद्ध गलत प्रचारबाजी गरेको र त्यसले आफ्नो इज्जत र प्रतिष्ठामा आँच आएको भन्दै जावेद अख्तरले कङ्गना विरुद्ध रिट निवेदन दर्ता गराएका थिए । मुद्दाको सुनुवाइ अब २६ मार्चमा हुनेछ ।

प्रतिक्रिया