‘अविश्वास प्रस्ताव फिर्ता लिनुस् र सच्चिनुस्’

काठमाडौं । पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपालाई सच्चिन आग्रह गरेका छन् । सोमबार केपी शर्मा ओली नेतृत्वको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा पुगेका गृहमन्त्रीसमेत रहेका बादलले यस्तो आग्रह गरेका हुन् ।

दाहाल–नेपाललाई ओलीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएर एकताको पक्षमा आउन पनि बादलले सुझाव दिएका छन् । ‘यो उहाँहरुलाई सच्चिने अन्तिम अवसर हो,’ सम्बोधनका क्रममा बादलले भनेका छन्, ‘तपाईंहरु भदौ २६ गतेको स्थायी कमिटीको निर्णयमा फर्कनुहोस् । आत्मालोचनासहित भदौ २६ गतेको निर्णयमा फर्कनुहोस् र पार्टीलाई एकताबद्ध गर्नुहोस् ।’

यसैबीच बादलले देशभित्र र बाहिरका शक्तिहरुले नेपाललाई समृद्ध भएको हेर्न नचाहेको पनि बताएका छन् । बादलले भनेका छन्, ‘ती पुराना शक्तिहरु भित्रका हुन् वा बाहिरका हुन् नेपालमा समाजवाद स्थापना भएको देख्न चाहन्नन् ।’

प्रतिक्रिया