फ्लोरमा दीपेन्द्रको ‘चिसो मान्छे’

काठमाडौँ  । चलचित्र ‘चिसो मान्छे’ फ्लोरमा गएको छ । केही समय अघि निर्माण घोषणा गरिएको चलचित्रको छायाङ्कन निर्माण टिमको उपस्थितिमा आजबाट सुरु भएको हो । सामाजिक सञ्जालमा भाइरल भएको एक तस्बिरसँग चलचित्रको कथा मिल्न गए पछि चलचित्र अझ बढी चर्चामा आएको थियो । विदेशबाट काठको बाकसमा फर्किएको लास, लास बोक्ने गाडी र त्यसमा लेखिएका शब्दहरू चिसो मान्छेको कथासँग मिल्न गएको दीपेन्द्र के खनालले बताएका थिए ।

चलचित्रमा खनालको लेखन, छायाङ्कन तथा निर्देशन रहेको छ । शर्मिला पाण्डेको निर्माणमा तयार हुने चलचित्रमा स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहनेछ । त्यस्तै देशभक्त खनाल, अशान्त शर्मा, झकेन बिसी लगायतका कलाकारको समेत अभिनय रहने छ । सुभाष भुसालको सङ्गीत रहने चलचित्र काठमाडौँ देखि बाजुरासम्म खिचिनेछ । चलचित्र घाममा नखिच्ने खनालले बताएका छन् । चलचित्र भदौको ११ गतेबाट प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया