बिग्रिएको हो पूजा र आकाशको सम्बन्ध ?

काठमाडौँ । नायिका तथा निर्माता पूजा शर्माको विवाह आमाको कारण रोकिएको रे । एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिन पुगेकी पूजाले आमाले कर नगर्ने भएकोले आफ्नो विवाह नभएको बताएकी छन् । अर्का कलाकार आकाश श्रेष्ठसँग अन्तर्वार्ता दिन पुगेकी उनले आमासँग ‘मलाई बिहेको प्रेसर नदिने ?’ भनेर घुर्की समेत लगाउँछिन् रे ।

आकाश र पूजाबिच दरार आएको समेत उक्त अन्तर्वार्ता हेरेर अनुमान लगाउन सकिन्छ । पूजा र आकाशको प्रेम सम्बन्धमा चर्चा गर्दा उनले साथी मात्रै बताएकी थिइन् भने प्रतिउत्तरमा आकाशले ‘अब वहाले नै प्रेम छैन भनेपछि त मेरो एकतर्फी प्रेम त रहेछ नि !’ भनेका छन् । एक अर्कासँग अन्तर्वार्तामा समेत झगडा गरिरहेको कुराकानी गरिरहेको देखिनेमा यो पटक भने दुवैको कुराकानी कार्यक्रम सञ्चालक सँग मात्रै केन्द्रित थियो ।

पूजाले विवाहको रहर गरिरहँदा आकाशले भने अझै सङ्घर्ष गर्न बाकि रहेको बताएका थिए । पूजाले कार्यक्रम अवधिमा धेरै पटक ‘हाम्रो कुरै मिल्दैन’ भनेकी थिइन् । नरेश भट्टराईको कार्यक्रम मेरो एउटा साथी छमा पुगेका यी दुईको व्यवहार साथीको भन्दा पनि शत्रुको झैँ देखिएको थियो ।

राम्रो फ्यान फलोइंग भएका पूजा र आकाशको यो अन्तर्वार्ता पछि फ्यान समेत पूजाको आकाश प्रतिको व्यवहारलाई लिएर रुष्ट देखिएका छन् ।

प्रतिक्रिया