वेब सिरिज ‘मेरो अदालत’ बनाउँदै कलाकार रवि

काठमाडौँ । कलाकार रवि कार्कीले वेब सिरिज ‘मेरो अदालत’ निर्माण गर्ने भएका छन् । उनको निर्माण रहने वेब सिरिजमा कथाका समेत उनैको रहने छ । सह निर्माताका रूपमा मालती कार्की रहेकी छन् । सिरिजको निर्देशन रामेश कुमार राईले गर्नेछन् ।

सिरिजको थिम पोस्टर पनि सार्वजनिक भएको छ । पोस्टरमा एक युवाले हातमा लालटिन बोकेर न्याय खोजेको देखिन्छ । त्यस्तै पोस्टरमा न्यायमूर्तिको अनुहारमा रातो पोतिएको छ । रिएण्डकी फिल्मसको ब्यानरमा निर्माण हुन लागेको सिरिज कुन टेलिभिजनबाट प्रसारण हुने हो टुङ्गो लागेको छैन । छायाङ्कनको तयारीमा रहेको सिरिजमा सूर्य सिजी र पर्वत राईको समेत लगानी रहनेछ ।

प्रतिक्रिया